
स्याङ्जा । स्याङ्जाको चापाकोटमा शनिबार राति नेकपा एमाले र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप भएको छ । चुनाव प्रचारका क्रममा चापाकोटको सुन्तलीटार बजारमा झडप भएको इलाका प्रहरी कार्यालय चापाकोटले जनाएको छ ।
चुनाव प्रचार गरेर फर्केका एमाले कार्यकर्तामाथि कांग्रेसका कार्यकर्ताले सांघातिक आक्रमण गरेको प्रहरीले जनाएको छ ।
एमालेले चापाकोट नगरपालिका वडा नं ६ र ७ मा घरदैलो कार्यक्रम गरी फर्किने क्रममा सुन्तलीटार बजारमा आईपुग्दा कांग्रेस कार्यकर्ताले आक्रमण गरेको प्रहरी कार्यालय चापाकोटका प्रहरी नायब उपरीक्षक खड्ग नारायण शाहले जानकारी दिनुभयो ।
झडपमा एमाले कार्यकता चापाकोट– १० का २७ वर्र्षीय नारायण हिस्की मगर घाइते भएका छन् । कांग्रे्रेस कार्यकर्ताको खुकुरी प्रहारबाट उनको टाउको र पेटमा गहिरो चोट लागेको छ भने उनलाई उपचारका लागि पोखरा पठाइएको छ । खुकुरी प्रहार गर्ने कांग्रेस कार्यकर्ता भने फरार रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्