३१ चैत्र २०८१, आइतबार | Sun Apr 13 2025


इलाममा महिलाको शव गाडिएको अवस्थामा फेला


676
Shares

इलाम । इलाम नगरपालिका–८ सिङफ्रिङमा एक महिलाको शव गाडिएको अवस्थामा फेला परेको छ ।

शनिबार दिउँसो गाडिएको अवस्थामा महिलाको शव फेला परेको इलामका प्रहरी प्रमुख महेन्द्र कुमार श्रेष्ठले जानकारी दिनुभयो ।

उक्त शव स्थानीय बिनिता काफ्लेको भएको प्रहरीले जनाएको छ । काफ्ले दुई दिनदेखि हराएको भन्ने सुचना आएको र शनिबार शव गाडेको अवस्थामा भेटिएको प्रहरीको भनाइ छ ।

कसैले हत्या गरेर शव गाडेको हुनसक्ने देखिएकाले प्रहरीले अनुसन्धान प्रकृया अघि बढाएकोे जनाएको छ । शव पोस्टमार्टमका लागि धरान पठाइएको छ ।