
काठमाडौं । साताको पहिलो दिन आज आइतबार बजारमा सुनचाँदीको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला ९९ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार २ सयले घटेर ९९ हजार रुपैयाँमा कारोबार भईरहेको छ ।
तेजावी सुन प्रतितोलामा ९८ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, चाँदीको मूल्य पनि आइतबार २० रुपैयाँले घटेर १ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्