
डडेलधुरा। डडेलधुरामा प्रमुख पदमा एक जना र वडाध्यक्ष पदमा चार जनाले मात्र उम्मेदवारी दिएका छन ।
साे जिल्लाको सदरमुकाम अमरगढी नगरपालिकामा नगरप्रमुख पदमा निवर्तमान नगर उपप्रमुख संगिता भण्डारीले उम्मेदवारी दिनुभएकाे छ । भागेश्वर गाउपालिका-५ वडाध्यक्षमा शान्ति जैसी नेपाली काँग्रेस वी.पी. आलिताल गाउँपालिका-७ बाट सुमित्रा भण्डारी (साउद) एमाले, गन्यापधुरा गाउँपालिका- ४ बाट अहिल्या कुँवर प्रधान, माओवादी केन्द्र र वडा नम्वर-५ बाट कृष्णादेवी (पनेरु) ओझा एमालेबाट गरी जिल्ला भरी जम्मा ५ जना महिलाको मात्र उम्ममेदवारी रहेको निर्वाचन कार्यालय डडेलधुराले जनाएको छ ।
नेपालको संविधानको धारा ३८(४) र ४२ को (१) बमोजिम महिलाको समानुपातिक समावेशी सिद्धान्तको हक अधिकार प्रयोग गर्दै जिल्लाभरि २ सय ७४ पदका लागि हुन गईरहेको स्थानीय तह निर्वाचनमा महिलाको न्यून सहभागिता भएको भन्दै अधिकारकर्मीले असन्तुष्टि समेत जनाएका छन ।
राजनीतिक दलहरुले राजनीतिमा ५१ प्रतिशत महिला सहभागिता गराउने प्रतिबद्धता व्यक्त गरेपनि स्थानीय तहको निर्वाचन डडेलधुरामा १ दशमलव ८२ प्रतिशत अर्थात ५२ वडा मध्ये ५ जना अर्थात ९ दशमलव ६१ प्रतिशत मात्र महिला उम्मेदवार खडा गरेका छन । जुन संवैधानिक अधिकार हनन् मात्र भएको छैन गठबन्धनको शिकार पनि महिला हुन पुगेका छन ।
स्वतस्फूर्त रुपमा केही महिलाहरु राजनीतिक दलहरुबाट उम्मेदवार भएपनि महिला प्रतिनिधित्व उपेक्षित भएको अधिकारकर्मी संस्था महिला मुक्ति समाजले निर्वाचन आयोगको ध्यानाकर्षण गराएका छन ।
साथै वडा अध्यक्ष महिला उम्मेदवारहरु सधै पुरुषले मात्र राजनीति र जनताको सेवा गर्छन भन्ने पुरुष प्रधान मानसिकतालाई चुनौती समेत दिएका छन।
प्रतिक्रिया दिनुहोस्