६ बैशाख २०८२, शनिबार | Sun Apr 20 2025


आईपीएलमा आज दिल्ली र लखनउ भिड्दै


117
Shares

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा आज आइतबार नवप्रवेशी लखनउ सुपर जायन्ट्स र दिल्ली क्यापिटल्सबीच खेल हुँदैछ ।

आज राति ७ः४५ बजे लखनउ र दिल्ली बीचको खेल मुम्बईमा हुनेछ ।

दिल्लीलाई हराएर लखनउ दोस्रो स्थानमा उक्लने योजनामा हुनेछ । लखनउ ९ खेलबाट १२ अंकका साथ तेस्रो स्थानमा छ ।

दिल्ली पाँचौ जितको खोजीमा रहेको छ । दिल्ली ८ अंकका साथ छैटौं स्थानमा रहेको छ ।