१ चैत्र २०८१, शुक्रबार | Fri Mar 14 2025


जिम्बावे ‘ए’ विरुद्ध टस हारेर नेपाल पहिला ब्याटिङ गर्दै


195
Shares

काठमाडौं । नेपालले जिम्बावे ‘ए’ सँगको पहिलो टी–ट्वान्टीमा टस हारेर पहिला ब्याटिङ गर्ने भएको छ ।

टियु क्रिकेट मैदानमा जिम्बावे ‘ए’ का कप्तान टिनोटेन्डा मुटोम्बोड्जीले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएपछि नेपालले ब्याटिङ गर्न लागेको हो ।

घरेलु टोली नेपाल टेस्ट टोली जिम्बावे ‘ए’ लाई हराउने सोचमा हुनेछ ।

नेपालले वर्षाको कारण नै एकदिवसीयलाई पछि सारेर टी–ट्वान्टी अघि गर्न लागेको हो ।

आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गत अमेरिकामा हुने त्रिकोणात्मक एकदिवसीय सिरिजको तयारीमा स्वरूप नेपालले जिम्बावे ‘ए’ सँग सिरिज खेल्न लागेको हो ।