
काठमाडौं । पहिलो टी–ट्वान्टीमा नेपालले जिम्बावे ’ए’ लाई जितका लागि १ सय ८२ रनको लक्ष्य दिएको छ ।
टियु क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ५ विकेट गुमाएर १ सय ८१ रन बनायो । नेपालका लागि आदील आलमले अविजित रहँदै सर्वाधिक ४७ रन बनाए ।
कुशल भुर्तेलले ४६ रन जोडे । यस्तै, रोहित पौडेलले ३९ रन जोड्दा दिपेन्द्र सिंह ऐरीले २८ रन बनाए । आसिफ शेख ९ रनमा आउट हुँदा आरिफ शेख २ रनमा आउट भए । जिम्बावेका ब्राड इभान्स, लुक जोंग्वे, ब्राण्डन माभुता र जोन मासराले १÷१ विकेट लिए ।
आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गत अमेरिकामा हुने त्रिकोणात्मक एकदिवसीय सिरिजको तयारी स्वरूप नेपालले जिम्बावे ’ए’ सँग सिरिज खेलिरहेको हो । सिरिज अन्तर्गत नेपालले पाहुना टोलीसँग दोस्रो खेल सोमबार र तेस्रो खेल बुधबार खेल्नेछ । टी–ट्वान्टीपछि नेपालले एकदिवसीय सिरिज खेल्ने छ ।
प्रतिक्रिया दिनुहोस्