२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


प्रमुख आयुक्त र एमाले अध्यक्ष ओलीको अभिव्यक्ति मिल्यो : वर्षमान पुन


3.952k
Shares

काठमाडौं । नेकपा(माओवादी केन्द्र)का नेता वर्षमान पुनले निर्वाचन आयोगका प्रमुख आयुक्तको अभिव्यक्तिप्रति आपत्ति जनाउनु भएको छ ।

मे दिवसको अवसरमा अखिल नेपाल ट्रेड युनियन महासंघले आइतबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा नेता पुनले प्रमुख आयुक्त र नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीको अभिव्यक्ति मिलेको भन्दै आपत्ति जनाउनुभयो ।

प्रमुख निर्वाचन आयुक्तले मतपत्र बलियो कागजमा राखेकाले च्यात्न सकिदैन भन्ने अभिव्यक्ति र ओलीको पनि सोही अभिव्यक्ति हुनु कसरी मिल्यो भन्दै प्रश्न गर्नुभयो । कुनै नेता र पार्टी विशेषको बोली निर्वाचन आयोगले बोल्न नमिल्ने भन्दै पुनले आयोगलाई निष्पक्ष र व्यवसायिक भूमिका निर्वाह गर्न आग्रह गर्नुभयो ।

केपी ओलीले बाहिरबाहिर हुंकार गरेको भएपनि भित्रैबाट गलेर पराजित भइसकेको भन्दै उहाँले ओली पराजित हुनु वामपन्थीहरुको एकताको ग्यारेन्टी भएको टिप्पणी गर्नुभयो ।

पुनले माओवादी केन्द्रको प्रहार ओली प्रवृत्तिमाथि भएको भन्दै एमाले भित्रका क्रान्तिकारी, प्रगतिशील र देशभक्तउपर नभएको स्पष्ट पार्नुभयो । भविष्यमा प्रगतिशील र वामपन्थी शक्तिहरुको वैचारिक रुपमा ध्रविकरण हुने पनि उहाँले बताउनुभयो ।