
काठमाडौं । जिम्बावे ए टिमविरुद्धको पहिलो टी २० खेलमा नेपाल पराजित भएको छ ।
कीर्तिपुर मैदानमा भएको खेलमा नेपाल ६ विकेटले पराजित भयो ।
टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० आोभरमा ७ विकेट गुमाउँँदै १८१ रन बनाएको थियो ।
जिम्बावे ए का लागि ब्राड इभान्स, लुके जोंगे, ब्राण्डन माभुता र जोन मसाराले समान एक एक विकेट लिए । जवाफमा जिम्बावे ए टिमले १८ ओभर पाँच बलमा चार विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो । बलियो सुरुवात गरेको जिम्बावे ए टिमले पहिलो विकेटका लागि ७३ रनको साझेदारी गरेको थियो ।
जिम्बावे ए टिमको जितमा इनोसेन्ट काइयाले ४७ रन बनाए भने टाडीवान्से मरुमानीले ५६ रन बनाए । यस्तै, कप्तान टोनी मुनोयोंगाले ५० रन बनाए ।
प्रतिक्रिया दिनुहोस्