
फाइल तस्बिर
कैलाली । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले धनगढी विमानस्थललाई दिल्लीको विमानस्थल भन्दा राम्रो बनाउनुपर्ने बताउनुभएको छ ।
कैलाली उद्योग वाणिज्य संघले आयोजना गरेको गेटा विमान स्थल स्तरोन्नति र धनगढी कैलाश मानसरोवर दु्रत मार्गले निम्त्याउने अवसरहरुबारे अन्तरक्रिया कार्यक्रममा उहाँले विमानस्थलका लागि मन्त्रिपरिषद्बाट एक अर्ब बजेट विनियोजन भैसकेको बताउनुभएको हो ।
यस्तै, मन्त्री आलेले आफ्नै पहलमा सुदूरपश्चिम प्रदेशमा पहिलो पटक पर्यटन वोर्डको स्थापना गरेको समेत जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्