
इलाम । इलामको सिङफ्रिङमा एक महिलाको शव गाडिएको अवस्थामा फेला परेको छ ।
उक्त शव स्थानीय विनिता काफ्लेको भएको प्रहरीले जनाएको छ ।
दुई दिनदेखि हराएको भन्ने सुचनाका आधारमा खोजीमा जुटेको प्रहरीले शव गाडेको अवस्थामा फेला पारेको इलामका प्रहरी प्रमुख महेन्द्र कुमार श्रेष्ठले जानकारी दिनुभयो ।
हत्या गरेर शव गाडेको हुनसक्ने प्रहरीले आशंका गरेको छ ।
शवलाई पोस्टमार्टमका लागि धरान पठाइएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्