६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


आरसीको ‘आमा’ गीत सार्वजनिक


572
Shares

काठमाडौं । गायक आरसी रिमालको नयाँ गीत ‘आमा’ सार्वजनिक भएको छ ।

शुक्रबार सार्वजनिक गायक स्वयंको युट्युब च्यानलबाट सार्वजनिक गीतमा आमाले सन्तानका लागि गरेको त्यागको सम्झना गरिएको छ ।

राजिब रानामगरको शब्दमा रहेको गीतको संगीत टीका बम्जनले गरेका हुन् । गीतमा सुस्मा लिम्बु र दीपा तामाङको स्वर छ । गीतलाई सागर शाक्यले एरेञ्ज गरेका हुन् ।

विद्या कार्की, समुन्द्र रिमाल, श्रेयन्स रिमाल र रिवाज सिलवालको अभिनय रहेको छ ।

विष्णुहरी तिमल्सिनाको सम्पादन रहेको छ । भिडियोलाई सिनेम्याटोग्राफर गुरुङले नै निर्देशन गरेका छन् ।

गीतको भिडियोलाई आराधना संगीत पाठशालाले प्रस्तुत गरेको हो ।