१७ बैशाख २०८२, बुधबार | Wed Apr 30 2025


सबै सरकारी अस्पतालमा ज्वरो क्लिनिक, आएनन् विरामीहरु


0
Shares

काठमाडौं, चैत २१ । काठमाडौका अस्पतालहरुमा स्थापना गरिएका ज्वरो क्लिनिकहरुमा परीक्षण गराउन जानेहरुको संख्या निकै कम रहेको छ ।

हाल सबै सरकारी अस्पतालहरुले ज्वरो, रुघाखोकी देखिएका बिरामीको मात्र परिक्षण गर्न छुट्टै क्लिनिक बनाएका छन् । जसमा दिनहु १० देखी १२ जना व्यक्ति परिक्षणका लागि आउने गरेको अस्पतालहरुले जनाएका छन् ।

हाल त्रिवी शिक्षण अस्पतालमा १ र पाटन अस्पतालमा ६ जना आइसोसेलन वार्डमा रहेका छन् । यस्तै यता वीर अस्पतालमा पनि परीक्षण गर्न आउनेको संख्या कम छ भने टेकु अस्पतालमा पनि ६ जना आइसोलेन वार्डमा राखिएको छ ।

उनिहरुमा ज्वरो, शासप्रश्वासमा समस्या, नेपाल बाहिरवाट आएका हुन कि होइनन् वा उनिहरुको सम्र्पकमा आएको हो कि होइन जस्ता प्रश्न सोध्ने गरिन्छ ।

बाहिरबाट आएका वा बाहिरबाट आएका व्यक्तिहरुको सम्र्पकमा आएका व्यक्तिमा उच्च ज्वरो आएको भए आइसोलेसन कक्षमा राख्ने र सामान्य अवस्थामा ज्वरो आएको भए आकस्मिक कक्षमा पठाउने गरिएको छ ।