
काठमाडौं, चैत २१ । संघीय संसद् प्रतिनिधिसभाको बैठक फेरि स्थागित भएको छ ।
बैठक लगातार तेस्रो पटक सूचना जारी गरेर स्थगित गरिएको हो । २३ गतेका लागि बोलाइएको बैठक पनि सूचना जारी गरेर ३० गतेसम्मका लागि सारिएको छ ।
आइतबार २३ गते १ बजेका लागि बोलाइएको बैठक ३० गते १ बजेसम्मका लागि स्थगित गरिएको छ ।
संसद्का कार्यवाहक महासचिव गोपालनाथ योगीले आज एक सूचना जारी गर्दै कोरोना संक्रमणका कारण मुलुकभर अत्यावश्यक सेवा मात्र सञ्चालनमा रहेको भन्दै प्रतिनिधिसभा बैठक ३० गतेसम्मका लागि स्थगित भएको उल्लेख गर्नुभएको छ ।
पछिल्लो पटक प्रतिनिधिसभाको बैठक फागुन २९ गते बसेको थियो । त्यसयता चैत ७ , १३ र २३ गतेका लागि बोलाइएको बैठक कोरोना संक्रमणको जोखिमका कारण स्थगित गरिएको हो । राष्ट्रिय सभा बैठक भने अनिश्चितकालका लागि स्थगित गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्