
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमले आज (सोमबार) पाहुना टोली जिम्बावे ‘ए’ विरुद्ध प्रतिस्पर्धा गर्ने भएकाे छ ।
सोमबार दिउँसो १ बजे कीर्तिपुरस्थित क्रिकेट मैदानमा हुने खेलमा नेपालले दोस्रो टी-२० अन्तर्गत सोमबार जिम्बावे ‘ए’ विरुद्ध खेल्न लागेको हो । यसअघि आइतबार भएको पहिलो टी-२० सिरिजमा नेपाल पाहुना टोली जिम्बावे ‘ए’ सँग पराजित भएको छ ।
नेपाललाई जिम्बावे ‘ए’ ले ६ विकेटले पराजित गरेको हो । नेपालले दिएको १ सय ८२ रनको लक्ष्य जिम्बावे ‘ए’ ले १८ ओभर ५ बलमा ४ विकेट गुमाएर १ सय ८५ रन बनायो । जिम्बावेका लागि तडिवानाशे मरुमानीले सर्वाधिक ५६ रनको अर्धशतकीय इनिङ खेलेका छन । त्यस्तै कप्तान टोनी मुनयोङ्गाले ५० रनको इनिङ खेलेका छन । इनोसेन्ट कैयाले ४७ रन जोडेका छन ।
नेपालका बसिर अहमदले २ तथा कप्तान सन्दीप लामिछाने र करण केसीले १-१ विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ५ विकेट गुमाएर १ सय ८१ रन बनाएको थियो । नेपालका लागि आदील आलमले अविजित रहदै सर्वाधिक ४७ रन बनाएका छन । त्यस्तै कुशल भुर्तेलले ४६ रन जोडेका थिए ।
रोहित पौडेलले ३९ रन जोड्दा दिपेन्द्र सिंह ऐरीले २८ रन बनाएका थिए । आसिफ शेख ९ रनमा आउट हुँदा आरिफ शेख २ रनमा आउट भएका छन । साथै करण केसी ४ रनमा अविजित रहेका थिए । जितसँगै जिम्बावे ‘ए’ ले ३ खेलको सिरिजमा १–० को अग्रता बनाएको छ । सिरिज अन्तर्गत नेपालले पाहुना टोलीसँग तेस्रो खेल बुधबार खेल्नेछ ।
टी–२० पछि नेपालले एकदिवसीय सिरिज खेल्नेछ ।
प्रतिक्रिया दिनुहोस्