१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


स्पेनिस लिगमा बार्सिलोना दोस्रो स्थानमा


156
Shares

काठमाडौं । रियाल मयोर्कालाई हराउँदै बार्सिलोना स्पेनिस लिग फुटबलको दोस्रो स्थानमा उक्लिएको छ ।

आइतबार राति आफ्नै मैदानमा भएको खेलमा बार्सिलोना २–१ ले विजयी भयो । बार्साको जितमा मेम्फीस डिपे र सर्जियो बुस्क्वेट्सले एक एक गोल गरेका थिए । मयोर्काका एन्टोनियो राइलोले एक गोल फर्काएका थिए ।

स्पेनिस लिगअन्तर्गत आइतबार राति भएका अन्य तीन खेलहरु भने १–१ गोलको बराबरीमा सकिएका छन । एल्चे र ओसासुना, ग्रानाडा र सेल्टा भिगो तथा रायो भायकानो र रियाल सोसिडाडबीचको खेल १–१ गोलको बराबरीमा टुंगिएको हो । आइतबार रातिका खेलहरुपछि स्पेनिस लिगमा च्याम्पियन रियाल मड्रिडको ८१ अंक रहँदा ६६ अंकसहित बार्सिलोना दोस्रो स्थानमा छ ।

तेस्रो स्थानको सेभियाको ६४ अंक छ भने ६१ अंकसहित एथ्लेटिको मड्रिड चौथो स्थानमा रहेकाे छ ।