१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


नेपाल प्रहरी र सशस्त्रका आईजीपीले लगाए दर्ज्यानी चिन्ह


1.365k
Shares

काठमाडौं । नेपाल प्रहरीका आईजीपी धिरज प्रताप सिंह र सशस्त्र प्रहरी बलका आईजीपी राजु अर्यालले दर्ज्यानी चिन्ह लगाउनुभएको छ ।

गृह मन्त्रालयमा आज (साेमबार) आयोजित समारोहमा गृह सचिव टेकनारायण पाण्डेले नवनियुक्त आईजीपीहरुलाई फुली लगाइदिनुभएको हो । मन्त्रिपरिषद्ले आइतबार नेपाल प्रहरी प्रमुखमा सिंह र सशस्त्र प्रहरी बलको प्रमुखमा अर्याललाई नियुक्त गर्ने निर्णय गरेको थियो ।

नेपाल प्रहरीका आईजीपी धिरज प्रताप सिंह २०४९ चैत ११ मा इन्स्पेक्टरमा भर्ना हुनुभएको थियो । अर्याल २०५४ चैतमा नेपाल प्रहरीको निरीक्षकमा भर्ना भएर सशस्त्र प्रहरीमा प्रवेश गर्नुभएको हो ।

सशस्त्र प्रहरी बलका आईजीपी राजु अर्यालको कार्यकाल ४ वर्षको हुनेछ ।