८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


आफूलाई अन्याय भएको भन्दै एआइजी विश्वराज पोखरेल सर्वाेच्चमा


20.917k
Shares

काठमाडौं । नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) नियुक्ति वरियता मिचेर गरिएको भन्दै असन्तुयट रहनु भएका प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) विश्वराज पोखरेल सोमबार रिट निवेदन लिएर सर्वाेच्च अदालत पुग्नु भएको छ ।

सरकारले आइतबार वरियताको एक नम्बरमा रहनु भएका पोखरेललाई पन्छाएर धिरजप्रताप सिंहलाई नेपाल प्रहरीको २९ औं आइजीपी नियुक्त गरेको थियो । त्यही विषयमा असन्तुष्ट रहनुभएका पोखरेल सर्वाेच्च जानुभएको हो ।

पोखरेलको रिट निवेदन अधिवक्ता सुनिता राउतले सर्वाेच्चमा लैजानु भएको हो । सरकारले विधि र प्रक्रिया मिचेर आईजीपी नियुक्त गरेको भन्दै पोखरेल सर्वोच्च अदालत पुग्नु भएको हो । उता नवनियुक्त आइजीपी सिंहले भने आजै दर्ज्यानी चिन्ह लगाइसक्नु भएको छ । सोमबार गृह मन्त्रालयमा आयोजित समारोहमा गृह सचिव टेकनरायण पाण्डेले नवनियुक्त आईजीपी सिंहलाई दज्र्यानी चिन्ह लगाइदिनु भएको हो । पोखरेलको रिटमा सरकारको निर्णय कार्यान्वयन नगर्न र आफूलाई आईजीपी नियुक्त गर्न माग गरिएको पोखरेल निकट स्रोतले इमेजखबरलाई जानकारी दिएको छ ।

यसैगरी अर्का एआइजी सहकुल थापा पनि वरियता मिचेर नयाँ आइजीपी बनाएको भन्दै त्यसविरुद्ध अदालत जानुभएको स्रोतले बताएको छ ।