
काठमाडौं । नेपाल र जिम्बावे ‘ए’ टिमबीचको टी–ट्वेन्टी शृंखलाको दोस्रो खेल बर्षा वर्षाले स्थगित भएको छ ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा भईरहेको खेल पाँच ओभर नसकिंदै अवरुद्ध भएको छ । खेलमा टस हारेर ब्याटिङ गरेको जिम्बावेले ४.३ ओभरमा २ विकेट गुमाएर ४८ रन बनाएको छ ।
पहिलो ओभरमै सोमपाल कामीले ओपनर इनोसेन्ट केइयालाई खाता खोल्नै नदिइ कुशल भुर्तेलबाट क्याच आउट गराएका थिए भने पाँचौं ओभरमा अर्का ओपनर ताडिवान्से मारुमानीलाई करण केसीले २२ रनमा आउट गरेका थिए ।
आइतबार भएको पहिलो खेलमा नेपालले ६ विकेटको हार ब्यहोरेको थियो । नेपालले दिएको १८२ रनको लक्ष्य जिम्बावेले १८ दशमल ५ ओभरमा ४ विकेट गुमाएर पूरा गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्