२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


इराकमा धुलोसहितको आँधी


169
Shares

एजेन्सी । इराकको मध्यपूर्वी क्षेत्रमा धुलोसहितको आँधी आएपछि जनजीवन प्रभावित भएको छ ।

धुलोका कारण भिजिविलिटी कम हुँदा बग्दाद र नाजाफस्थित विमानस्थलबाट हुने उडानहरू बन्द भएका छन् ।

धुलोका कारण आकाश सुन्तला रङ्गको देखिएको छ । मध्यपूर्वमा धुलोको आँधी आउने क्रम बढ्न थालेको जनाइएको छ । जलवायु परिवर्तन तथा भूमि र जलको अव्यवस्थापन नै यसको मुख्य कारण रहेको विज्ञहरूले बताएका छन् ।

सहरी ईलाकामा हरित क्षेत्र नहुँदा पनि त्यस्तो समस्या बढ्दै गएको हो । शनिबार इराकका केही स्थानमा भिजिबिलिटी ५ सय मिटरभन्दा कम थियो ।

गत महिना पनि इराकमा धुलोको आँधीका कारण श्वासप्रश्वासम्बन्धी समस्या बढेर सर्वसाधारणलाई अस्पताल भर्ना गर्नुपरेको थियो । सुक्खा, बढ्दो मरुभूमीकरण र न्यून वर्षाका कारण इराकमा धुलोयुक्त आँधी आउने क्रम बढ्न सक्ने भन्दै मौसमविद्हरुले सचेत रहन आग्रह गरेका थिए । केही वर्षदेखि इराकमा कम वर्षा हुन थालेको छ भने तापक्रम बढिरहेको छ ।