१७ बैशाख २०८२, बुधबार | Wed Apr 30 2025


सर्वोच्चको आदेश : तीन दिन भित्र स्वास्थ्य मन्त्रालयका प्रवक्ता र स्वास्थ्य सेवा विभागका महानिर्देशक उपस्थित हुनु


0
Shares

काठमाडौं, चैत २१ । सर्वोच्च अदालतले कोरोना भाइरसको उपचारका लागि सरकारको तयारी र योजनाको प्रतिवेदन सहित तीन दिन भित्र स्वास्थ्य मन्त्रालयका प्रवक्ता र स्वास्थ्य सेवा विभागका महानिर्देशकलाई उपस्थित हुन आदेश जारी गरेको छ ।

अधिवक्ता मुकुन्द अधिकारीले दायर गरेको रिटमा सुनुवाइ गर्दै सर्वोच्चले विश्वभर फैलिदै गएको कोरोना भाइरसको उपचार र परीक्षणमा सरकारको तयारी र योजना सहित मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटा र विभागका महानिर्देशक महेन्द्र श्रेष्ठलाई उपस्थित हुन भनेको हो ।

उपचार र परीक्षणमा सरकारले गरेको तयारी प्रयाप्त नभएको भन्दै दावी गर्दै रिट हालिएको थियो । जसमा उपचार , स्वाव परीक्षण र अस्पताल रिफर बारेमा भइरहेको विस्तृत योजना र कामहरुको लिखित विवरण सहित उपस्थित हुन भनिएको हो । यस्तै सार्वोच्चले १५ दिनभित्र सरकारको योजना सहितको प्रतिवेदन प्रेश गर्न समेत निर्देशन दिएको छ ।