
काठमाडौं । च्याम्पियन्स लिग फुटबलका सेमिफाइनल दोस्रो लेगका खेलहरु आजबाट हुँदैछन् ।
आज मंगलबार राति हुने पहिलो खेलमा स्पेनिस क्लब भिल्लारियलले इंग्ल्याण्डको लिभरपुलको सामना गर्नेछ ।
यो खेल भिल्लारियलको मैदानमा हुनेछ ।
लिभरपुलको मैदानमा भएको पहिलो लेगको खेल २–० ले हारेको भिल्लारियल मंगलबारको खेलपूर्व निकै दबाबमा रहेको छ । लिभरपुल भने आफ्नो अग्रता मात्रै जोगाएको अवस्थामा पनि फाइनलमा प्रवेश गर्नेछ ।
युरोपियन च्याम्पियन्स लिग फुटबलको दोस्रो सेमिफाइनल खेलमा बुधबार राति रियल मड्रिड र म्यानचेस्टर सिटी भिड्नेछन् । पहिलो लेगको खेल सिटीले ४–३ ले जितेको थियो ।
प्रतिक्रिया दिनुहोस्