२८ चैत्र २०८१, बिहिबार | Thu Apr 10 2025


सुर्खेत प्रदेश अस्पताल देशकै उत्कृष्ट


572
Shares

काठमाडौं । सुर्खेतस्थित प्रदेश अस्पताल देशभरकै उत्कृष्टमा छनोट भएको छ ।

न्यूनतम सेवा मापदण्ड कार्यान्वयनमा प्रदेश अस्पताल उत्कृष्ट छनोट भएको हो । निक साइमन इन्स्टिच्युटको प्राविधिक सहयोगमा स्वास्थ्य मन्त्रालयको स्वास्थ्य सेवा विभाग अन्तर्गतको उपचारात्मक महाशाखाले न्यूनतम सेवा मापदण्ड कार्यान्वयन सम्बन्धी देशभरका प्रदेशस्तरीय अस्पतालको अध्ययन गरेको थियो ।

सोही अध्ययन प्रतिवेदनका आधारमा प्रदेश अस्पतालले ७९ प्रतिशत अङ्कभार प्राप्त गरी देशभरकै उत्कृष्ट घोषित भएको हो ।

यता, प्रदेश अस्पतालमा आठ महिनाअघिको तुलनामा सेवाग्राहीको सङ्ख्या दोब्बर वृद्धि भएको छ । हाल दैनिक अनुपातमा १ हजार बिरामीले सेवा लिइरहेका छन ।

अस्पतालको सेवा सञ्चालनका लागि ४४ जना विशेषज्ञ डाक्टरबाट १७ प्रकारका सेवा प्रदान भएको छ ।