
काठमाडौं । नेकपा एमाले काठमाडौं महानगर पालिकाकी उपमेयर उम्मेदवार सुनिता डंगोलमाथि शैक्षिक प्रमाणपत्र ढाँटेर तलब भत्ता खाएको आरोप लागेकाे छ ।
एमालेका तर्फबाट काठमाडौं महानगरपालिकाको उपमेयर उम्मेदवार सुनिता डंगोलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको हाे । शैक्षिक प्रमाणपत्र ढाँटेर महानगरको योजना आयोगको विज्ञ सल्लाहकारको नियुक्ति लिई ५ वर्षको तलब भत्ता लिएर भ्रष्टाचार गरेको भन्दै वैशाख १६ गते कारबाही गरिपाउँ भन्दै उजुरी दर्ता भएको थियाे।
अख्तियारमा उक्त उजुरीको दर्ता नम्बर सी– ०३२५३१,०७९ –०१–१६,१५२६२३८५ रहेको छ ।
प्रतिक्रिया दिनुहोस्