२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


नवलपरासीका पत्रकारलाई ‘प्रेस ज्याकेट’ वितरण


312
Shares

नवलपरासी । स्थानीय तह निर्वाचनलाई लक्षित गरेर नेपाल पत्रकार महासंघ पश्चिम नवलपरासीले पत्रकारहरूलाई ‘प्रेस ज्याकेट’ वितरण गरेको छ ।

विश्व प्रेस स्वतन्त्रता दिवसको अवसर पारेर महासंघले शाखामा आवद्ध सबै पत्रकाहरूलाई मंगलबार ज्याकेट वितरण गरेको हो ।

स्थानीय तह निर्वाचनका क्रममा खटिने पत्रकारहरूलाई समाचार संकलनमा सहज हुने र ज्याकेटका कारण महासंघको संस्थागत पहिचानमा सहयोग पुर्‍याउने उद्देश्यले प्रेस ज्याकेट वितरण गरिएको महासंघका अध्यक्ष हरि शर्माले जानकारी दिनुभयो ।

निर्वाचनबाहेक अन्य जोखिम समयमा गरिने समाचार संकलनमा प्रेस ज्याकेट पत्रकारहरूको सुरक्षा कवचको रूपमा सहयोगी बन्ने अध्यक्ष शर्माको विश्वास छ । जिल्ला शाखामा ९० जना सदस्य छन् ।

स्थानीय तह निर्वाचनमा हुनसक्ने भ्रामक विषयलाई पत्रकारितामार्फत स्पष्ट गर्दै सर्वसाधारणलाई सही सूचना र जानकारी दिन महासंघले जिल्लाका पत्रकार र सञ्चार माध्यमहरूलाई आग्रह गरेको छ ।

स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै महासंघ जिल्ला शाखाले यसअघि पत्रकारहरूलाई निर्वाचन रिपोर्टिङ र आचारसंहिता विषयमा तालिम दिएको थियो ।