१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सगरमाथाको फेदीमा चुनावी चहलपहल


169
Shares

काठमाडौं । आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि सगरमाथाको फेदीमा चुनावी चहलपहल सुरु भएको छ ।

सगरमाथाको फेदीको जिल्ला सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकामा चुनावी चहलपहल र प्रचार भइरहेको छ ।

गाउँपालिका अन्तर्गत ५ वटा वडा रहेका छन् । गाउँपालिका र वडामा कांग्रेस र एमालेबीच प्रतिस्पर्धा हुने देखिएको छ ।

२०७४ सालको चुनावमा २४ मत बढी ल्याएर एमालेले जितेको गाँउपालिकामा अहिले पनि कांग्रेस र एमालेबीच नै कडा प्रतिस्पर्धा हुने देखिएको छ ।

गाउँपालिकामा कांग्रेसबाट प्रमुखमा चुङबा शेर्पा, उपप्रमुखमा निर्मला थापामगर र एमालेबाट प्रमुखमा मिङमा छिरिङ शेर्पा र उपप्रमुखमा टासी ल्हामु शेर्पाले उम्मेदवारी दिएका छन् । सबै उम्मेदवारले खुम्बु पासाङल्हामु गाउँपालिकामा प्रकृति संरक्षण र पर्यटनको गुणस्तरीय विकास गर्नेलगायतका प्रतिवद्धता जनाएका छन् ।