२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


सिराहामा साइकल पल्टिँदा एक वृद्धको मृत्यु


208
Shares

काठमाडौं । सिराहाको कर्जन्हा नगरपालिका–३ सुन्दरपुरमा साइकल पल्टिँदा एक वृद्धको मृत्यु भएको छ ।

मंगलबार राति सवा ८ बजे साइकल सडकको खाल्डोमा परेर पल्टिँदा स्थानीय ७२ वर्षीय दुख्खी यादवको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका यादवको उपचारका लागि अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय बन्दिपुरले जनाएको छ ।