
काठमाडौं । केही स्थानीय तहका लागि भने मतपत्र पुनः छाप्नुपर्ने भएकाले छपाइको काम जारी रहेको निर्वाचन आयोगले जनाएकाे छ ।
पुनः छपाइ भइरहेको मतपत्र पनि केही दिनमा छपाइ सकिने आयोगका उपसचिव ऋषिराम भुषालले बताउनु भएकाे हाे ।
स्थानीय तह निर्वाचनका लागि लक्ष्य अनुसार मतपत्र छपाइको काम सकिएको हाे । आयोगले निर्वाचनका लागि एक करोड ९४ लाख मतपत्र आवश्यक पर्ने अनुमान गरेको थियो । आयोगका उपसचिव ऋषिराम भुषालका अनुसार लक्ष्य अनुसारको मतपत्र छपाइको काम सकिएको छ ।
आयोगले अहिलेसम्म ६५ जिल्लामा मतपत्र ढुवानी गरेको छ । आयोगका मुद्रण अधिकृत बाबुराम कोइरालाका अनुसार अब मधेस प्रदेशका ८ जिल्ला, बागमती प्रदेशको चितवन र प्रदेश एकको मोरङमा मात्र मतपत्र ढुवानी गर्न बाँकी छ ।
शुक्रबारसम्म सबै जिल्लामा मतपत्र ढुवानी भइसक्ने आयोगले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्