२७ चैत्र २०८१, बुधबार | Wed Apr 9 2025


गठबन्धनद्वारा बुटवलमा संकल्प पत्र सार्वजनिक


91
Shares

बुटबल । पाँच दलीय गठबन्धनले बुटवलको विकासमा एकजुट हुने प्रतिबद्धता जनाउँदै चुनावी संकल्प पत्र सार्वजनिक गरेको छ ।

बुटवलमा मंगलबार पत्रकार सम्मेलन गर्दै पाँच दलीय गठबन्धनले संकल्प पत्र सार्वजनिक गरेको हो । बुटवल उपमहानगरमा कांग्रेसबाट प्रमुख पदका उम्मेदवार खेलराज पाण्डे, एकीकृत समाजवादीबाट उपप्रमुख पदका उम्मेदवार चिनबहादुर गुरुङ, पाँच दलका नेताहरू जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य कमल खनाल, एकीकृत समाजवादीका केन्द्रीय सदस्यहरू डा. बालकृष्ण चापागाइँ र राजु गुरुङ, माओवादी केन्द्रका नेता महेन्द्र भुसाल, राष्ट्रिय जनमोर्चाका पदम श्रेष्ठलगायतले संकल्प पत्र सार्वजनिक गरेका छन । उनीहरुले बुटवललाई समृद्ध बनाउनका लागि पाँच दल एकै ठाउँमा रहेको प्रतिवद्धता समेत जनाएका छन ।

उनीहरूले बुटवलमा विकासका ठूलाठूला चर्चा गरिएपनि बुटवलवासीले विकासको अनुभूती गर्न नपाएकाले पाँच दल एकै ठाउँमा उभिएर नगरलाई साझा नगरका रुपमा विकास गर्ने दावी गरेका छन ।