
काठमाडौं । नेपाली फिल्म ‘लक्का जवान’ आगामी शुक्रबारबाट देशभर प्रदर्शन हुने भएको छ ।
कोरोना भाइरसको कारणले दुई वर्षअघि प्रदर्शन मिति तोकेर पनि रिलिज हुन नसकेको फिल्म ‘लक्का जवान’ यही वैशाख २३ गते शुक्रबारदेखि प्रदर्शनमा आउन लागेको हो ।
फिल्ममा पारिवारिक कथालाई व्यंग्यात्मक रूपमा प्रस्तुत गरिएको छ । हाँस्य कलाकार शिवहरि पौड्यालको डेब्यू निर्देशनमा बनेको फिल्म ‘लक्का जवान’ मा प्रियंका कार्की, दिलिप रायमाझी, सलोन बस्नेत, वर्षा सिवाकोटी, किरण केसी, राजाराम पौडेल, शिवहरी पौड्यालको मुख्य भुमिका छ भने अन्य कलाकार सुरेन्द्र केसी, स्व. जयनन्द लामा, सरोज खनाल, अन्सुया श्रेष्ठ, सावित्री गुरुङ, अञ्जु महर्जन, नरेन्द्र कंशाकर लगायतका कलाकारको पनि अभिनय छ । चलचित्रमा मदनकृष्ण श्रेष्ठ विशेष भूमिकामा देखिने छन् ।
निर्देशक पौड्यालकै कथा र पटकथामा रहेको फिल्मलाई अन्सुया श्रेष्ठले निर्माण गरेकी छन् ।
शिवहरि पौड्याल, हाँस्य कलाकार ध्रुव वन्तको प्रस्तुति रहेको फिल्म आमा बंगलामुखी फिल्मको ब्यानरमा बनेको हो । पुरुषोत्तम प्रधानले छायांकन गरेको फिल्मलाई मित्र डी. गुरुङले सम्पादन गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस्