१० बैशाख २०८२, बुधबार | Thu Apr 24 2025


फ्रान्समा चक्कु प्रहार गरेर दुई जनाको हत्या, पाँच घाइते


0
Shares

एजेन्सी, चैत्र २३ । फ्रान्समा अन्धाधुन्ध चक्कु प्रहार गरेर दुई जनाको हत्या गरिएको छ । आक्रमणमा अरु पाँचजना घाइते भएका छन् ।

फ्रान्सको आन्तरिक मामिला मन्त्रीले दक्षिण–पूर्वी क्षेत्रमा रहेको रोमँस–सुर–इसेर बजारमा भएको यो घटनालाई आतंकवादी भनेका छन् ।

बजारमा रहेको सूर्ती पसलमा छिरेर आक्रमणकारीले त्यसका मालिक र एक ग्राहकलाई आक्रमण गरेका जनाइएको छ ।

त्यसपछि आक्रमणकारी नजिकैको मासु पसलमा पसेर अरु व्यक्तिमाथि चक्कु प्रहार गरेका थिए । सुडानबाट आएका ३३ वर्षीय एक व्यक्तिलाई आक्रमणमा संलग्न भएको अभियोगमा पक्राउ गरिएको फ्रान्सेली सञ्चारमाध्यमले जनाएका छन् ।

फ्रान्स कोरोना भाइरसको त्रासमा रहेको बेला यस्तो आक्रमण गरिएको हो ।