
काठमाडौं । नेपाली कांग्रेसले आज चितवनको भरतपुरमा चुनावी सभा आयोजना गर्दैछ ।
सभालाई प्रधानमन्त्री शेरबहादुर देउवासहित सत्ता गठबन्धनका शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ ।
स्थानीय चुनावको केन्द्रविन्दु बनेको चितवनको भरतपुरमा सत्ता गठबन्धनबाट माओवादी केन्द्रकी रेणु दाहाल उम्मेदवार बन्नुभएको छ । पार्टी अध्यक्ष पुष्पमकल दाहालकी छोरी रेणुको जित वा हारलाई माओवादीले गठबन्धनको सफलता वा असफलता भएको रुपमा अथ्र्याउने कांग्रेसको बुझाई छ । त्यसैले पनि सत्ता गठबन्धनको ध्यान अन्यत्र भन्दा भरतपूरमा बढी छ ।
आजको कांगे्रसी सभालाई गठबन्धनको संयुक्त सभामा रुपान्तरण गर्दै प्रचण्ड, माधव नेपाल लगायतका नेताहरुले पनि सम्बोधन गर्नुहुनेछ ।
रेणुको उम्मेदवारीप्रति असन्तुष्टि जनाउँदै नेपाली कांग्रेसका पुराना नेता तथा राष्ट्रिय सभाका पूर्व सदस्य जगन्नाथ पौडेलले स्वतन्त्र बागी उम्मेदवारी दिएपछि भरतपुरमा चुनावी सरगर्मी झनै बढेको छ । भरतपुरमा एमालेबाट विजय सुवेदी मेयरको उम्मेदवार बन्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्