१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


बेलुकीपख फेरि वर्षा हुने सम्भावना


481
Shares

काठमाडौं । काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा पानी पर्न रोकिएको छ । बुधबार रातिदेखि बिहीबार बिहानसम्म काठमाडौंसहित देशका धेरै ठाउँमा पानी परेको थियो ।

बुधबार राति एक÷दुई ठाउँमा ठूलो वर्षा समेत भएको मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिनुभयो ।

उहाँका अनुसार गण्डकी प्रदेशका धेरैजसो ठाउँमा ठूलो वर्षा भएको छ । अहिले पानी पर्न रोकिए पनि बेलुकीपख फेरि पानी पर्ने सम्भावना रहेको मौसमविद् प्रधानाङ्गले जानकारी दिनुभयो ।

उहाँका अनुसार बिहीबार पहाडी क्षेत्रका केही ठाउँमा मेघगर्जन र चट्याङ्गसहित पानी पर्ने अनुमान छ ।

नेपालमा अहिले स्थानीय वायु र भारतको उत्तर प्रदेशदेखि पश्चिम बङ्गालको समथर भू–भागसम्म बनेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ ।