२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


जम्मू कश्मीरमा भूकम्पको धक्का


416
Shares

काठमाडौं । भारतको जम्मू कश्मीरमा बिहीबार बिहान ५ बजेर ३५ मिनेटमा ५ दशमलव ३ रेक्टर स्केलको भूकम्प गएको छ ।

ताजिकिस्तानको गोर्नो–बदख्शान क्षेत्र केन्द्रबिन्दु बनाएर भूकम्प गएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

भूकम्पबाट हालसम्म कुनै क्षति भएको खबर बाहिरिएको छैन् ।

यसअघि पनि १८ अप्रिलमा जम्मु कश्मीरमा भूकम्प गएको थियो ।