१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सप्तरीमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु, मोटरसाइकल चालक भने घाइते


117
Shares

काठमाडौं । सप्तरीको छिन्नमस्ता गाउँपालिका–१ बिरपुरमा बुधबार बेलुकी मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ भने मोटरसाइकल चालक घाइते भएका छन् ।

तिलाठीबाट राजबिराजतर्फ जाँदै गरेको को १७ प ८५६५ नम्बरको मोटरसाइकलले बिपरित दिशाबाट आँउँदै गरेको साइकललाई ठक्कर दिँदा अन्दाजी ३५ वर्षीय युवकको मृत्यु भएको हो । मृतकको सनाखत हुन बाँकी रहेको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा राजबिराज स्थित गजेन्द्र नारायण सिंह अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस्तै, मोटरसाइकल चालक स्थानीय १८ वर्षीय ईन्द्रजित यादव घाइते भएका छन् उनको सोही अस्पतालमा उपचार भइरहेको छ ।