१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


कला, संस्कृति र सम्पदाको जर्गना र संरक्षण गर्ने सिर्जना सिंहको प्रतिवद्धता


195
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसबाट उम्मेदवार बन्नु भएकी सिर्जना सिंहले मौलिक जीवित कला, संस्कृति र सम्पदाको जर्गना र संरक्षण गर्ने प्रतिवद्वता व्यक्त गर्नुभएको छ ।

चुनाव प्रचार प्रसारको क्रममा बुधबार राति बसन्तपुर स्थित जीवित देवी कुमारीको दर्शन गर्दै उहाँले विश्व संम्पदा क्षेत्र अतिक्रमन हुनबाट जोगाउने बताउनुभयो ।

विश्व जगतलाई देखाउन लायक मौलिक कला, संस्कृति र सम्पदासहितको पहिचान भएकाले सबै नेपालीको साझा पहिचानको रूपमा विकास गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।