
तनहुँ । तनहुँको प्रसिद्ध धार्मिकस्थल छाव्दी बाराही मन्दिरमा दर्शनार्थीको भीड बढेको छ ।
छाव्दी बाराही मातालाई दर्शन गरेमा मनोकांक्षा पूरा हुने विश्वास भएकाले पनि मन्दिरमा दर्शनार्थीको भिड बढेको हो ।
मन्दिरमा दैनिकजसो भक्तजनहरु दर्शन गर्न आउने गर्दछन् । पछिल्लो समय मन्दिरमा टाढा टाढाबाट समेत भक्तजनहरु पुजाका लागि आउने गरेका छन् ।
शनिबार र सार्वजनिक बिदाका दिनमा मन्दिरमा घुइँचो लाग्ने गरेको छ ।
मन्दिरमा कुखुरा तथा बोकाको बली दिने प्रचलन रहेको छ । परिवारसहित आएका भक्तजन छाव्दी बाराही मन्दिरको दर्शन गरेपछि नजिकै रहेको पार्कमा वनभोज गरेर फर्किने गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्