
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विगत पाँच वर्षको अवधिमा काठमाडौं महानगरपालिकाको मेयरले गरेको कामको जवाफ दिनुपर्ने बताउनुभएको छ ।
बिहीबार कांग्रेस काठमाडौं महानगर समितिले आयोजना गरेको क्रियाशिल कार्यकर्ता भेलामा थापाले विगत पाँच वर्षको अवधिमा काठमाडौं महानगरपालिकाको मेयरले गरेको कामको बारेमा जनतालाई जवाफ दिनुपर्ने बताउनुभएको हो ।
चुनावको बेलामा गरिएको प्रतिवद्धता अनुसार काठमाडौं कति सफा भयो ? कति सहज भयो यसको उत्तर महानगरबासिलाई दिनुपर्ने उहाँले बताउनुभयो ।
महामन्त्री थापाले केही पार्टीका नेता तथा उम्मेदवारहरुले महिलामाथि अपमान गरेको टिप्पणी गर्नुभयो । उहाँले महिला हुनुलाई नै अयोग्यताको रुपमा हेर्नेहरुलाई काठमाडौंका महिलाहरुले चुनावमार्फत् जवाफ दिनुपर्ने बताउनुभो ।
प्रतिक्रिया दिनुहोस्