१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025


थप १७ जनामा कोरोना संक्रमण


78
Shares

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा १७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ३ हजार ८११ परीक्षणमा १७ जनामा संक्रमण पुष्टि भएको हो ।

बिहिबार कोरोनाको संक्रमणबाट १५ जनामुक्त भएका छन् भने २१७ जना सक्रिय संक्रमित रहेका छन् ।

गत २४ घण्टामा कोरोनाको कारण कसैको पनि मुत्यु नभएको मन्त्रालयले जनाएको छ ।