
काठमाडौं । विश्व बैंकले कोभिड प्रभावित बेरोजगारलाई सघाउन नेपाल सरकारलाई २ अर्ब ८० करोड रुपैयाँ बराबर सहयोग पुनः विनियोजन गरेको छ ।
बैंकले यस अघि प्रस्ताव गरेको १ सय २० मिलियन अमेरिकी डलर सहयोग रकममध्ये २३ मिलियन डलर कोभिड प्रभावित बेरोजगार युवालाई प्रत्यक्ष सहयोग पुर्याउने गरी सहयोग पुनः विनियोजन गरेको जनाएको हो ।
यो सहयोगबाट करिब ६४ हजार युवा लाभान्वित हुने विश्व बैंकको विश्वास छ । सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम कार्यक्रम मार्फत् युवाहरुलाई अस्थायी रोजगारी उपलब्ध गराउने जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्