२८ चैत्र २०८१, बिहिबार | Fri Apr 11 2025


बर्दियामा पौडी खेल्ने क्रममा डुवेर एक जना वेपत्ता


156
Shares

बर्दिया । बर्दियाको गेरुवा कर्णाली नदी स्थित कोठियाघाटमा पौडी खेल्ने क्रममा डुवेर एक जना वेपत्ता भएका छन् ।

मधुवन नगरपालिका वडा नम्वर ३ धनौराका २४ वर्षिय दिलिप थारु पौडी खेल्ने क्रममा बिहीबार डुवेर वेपत्ता भएका हुन् ।

गेरुवा कर्णाली पुलको ५ सय मिटर उत्तरतर्फ पौडी खेल्ने क्रममा थारु डुवेर वेपत्ता भएको कोठियाघाट प्रहरी चौकीका ईन्चार्ज जोरासिंह अधिकारीले जानकारी दिनुभयो । वेपत्ता भएका थारुको खोजी भैरहेको प्रहरीले जनाएको छ ।