
काठमाडौं । स्कटल्याण्डको रेन्जर्स र जर्मनीको आइनट्राख्ट फ्रान्कफुर्ट युरोपा लिग फुटबल प्रतियोगिताको फाइनलमा पुगेका छन् ।
सेमिफाइनलमा इंग्ल्याण्डको वेष्ट ह्याम युनाइटेडलाई हराउँदै फ्रान्कफुर्ट फाइनलमा पुगेको हो । पहिलो लेगको खेल २–१ ले हारेको वेष्ट ह्याम युनाइटेडले दोस्रो लिगमा पनि १–० को हार बेहोरेको छ । समग्रमा खेल ३–१ ले जित्दै फ्रान्कफुर्ट फाइनलमा प्रवेश गरेको हो ।
बिहीबार राति भएको अर्को सेमिफाइनल खेलमा स्कटल्याण्डको रेन्जर्सले जर्मनीको आर लेप्जीगलाई ३–१ ले हराएको छ । जर्मनीमा भएको पहिलो लिगको खेल १–० ले हारेको रेन्जर्सले बिहीबार रातिको खेलपछि समग्रमा ३–२ को जित निकालेको छ ।
अब उपाधिका लागि रेन्जर्स र फ्रान्कफुर्टबीच प्रतिस्पर्धा हुनेछ । फाइनल खेल स्पेनको सेभिलामा मे १८ तारिखमा हुनेछ ।
प्रतिक्रिया दिनुहोस्