१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


देशभरकाे माैसमकाे अवस्था आज कस्ताे छ त ?


559
Shares

काठमाडाैं । हाल नेपालमा स्थानीय वायु र भारतको मध्य प्रदेशदेखि पश्चिम बङ्गालको समथर भू-भागमा बनेको न्यून चापीय प्रणाली  प्रभाव रहेको छ।

आज (शुक्रबार) बिहान हाल प्रदेश-१, बागमति प्रदेश र गण्डकी प्रदेश र अन्य प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेकाे छ । बाँकी भू-भागमा भने मौसम सामान्यतया सफा रहेको छ। बागमती प्रदेश र गण्डकी प्रदेश र अन्य प्रदेशका पहाडी भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित वर्षा भइरहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

शुक्रबार दिउँसो भने देशभर आंशिकदेखि सामान्य बदली रहने भएकाे छ । प्रदेश-१, मधेस प्रदेश, बागमती प्रदेश, गणडकी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको समेत सम्भावना रहेको बागमती प्रदेश र गण्डकी प्रदेश र अन्य प्रदेशका पहाडी भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित वर्षा भइरहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ।

शुक्रबार राती भने  देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहने भएकाे छ । साथै देशका अन्य भू-भागमा भने सामान्यतया मौसम सफा रहनेछ।

प्रदेश-१ , बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानमा भने मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएकाे छ ।