
नवलपुर, चैत २३ । कोरोना भाइरसको अवस्था भयावह हुन नदिन नवलपुरका स्थानीय तहरुले लकडाउनलाई थप कडाइ गरेका छन् ।
कोरोना संक्रमण वृद्धि हुन नदिन स्थानीय तहरुको संयुक्त छलफलले जिल्लाका आठ स्थानीय तहहरुमा लकडाउनमा थप कडाइ गरिएको बताएका छन् ।
कोरोना संक्रमण भित्रिन नदिन एक स्थानीय तहबाट अर्को स्थानीय तहमा आवश्यक बाहेकका आवत जावतमा रोक लगाइएको जनाइएको छ ।
जिल्लाको देवचुली, गैडाकोट, कावासोती, मध्यविन्दु नगरपालिका, हुप्सेकोट गाउँपालिकाले अत्यावश्यक बाहेक एक स्थानीय तहबाट अर्को स्थानीय तहमा आवतजावत गर्ने कामहरु पूर्ण रुपमा रोक्ने गरि काम गरिरहेको देवचुली नगरपालिका विपत व्यवस्थापन समितिकी संयोजक पार्वता तिवारीले जानकारी गराए ।
प्रतिक्रिया दिनुहोस्