
काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई जनताकहाँ गएर भोट माग्ने नैतिक अधिकार नरहको बताउनुभएको छ ।
प्रजातान्त्रिक विचार समाजले आज काठमाडौंमा गरेको कार्यक्रममा थापाले २०७४ सालपछि कम्युनिष्ट सरकार के के गर्यो भन्ने जवाफ नदिएसम्म ओलीलाई मत माग्ने अधिकार छैन भन्नुभयो । पाँच वर्ष खेर फालेकोमा जनतासँग माफी माग्नुपर्ने उहाँको भनाइ थियो ।
महामन्त्री थापाले अब ५ वर्ष नेपाली कांग्रेसलाई सबै तहका सरकार चलाउने जिम्मा दिनुपर्ने भन्दै कांग्रेसले समय खेर फाल्न चाहँदैन भन्नुभयो । कुनै पनि ठाउँमा विधि मिचेर मनलाग्दी श्रोत, साधनको दुरुपयोग नगर्ने र श्रोतको दुरुपयोग पनि कांग्रेस प्रतिनिधिहरुले गर्न नपाउने उहाँको जिकीर थियो ।
नेपालको समृद्धि र समुन्नतिको बारेमा विभिन्न पार्टी पंक्तिबीच विस्तृत छलफल हुन आवश्यक रहेको पनि उहाँले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्