१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


सर्लाहीमा १४ महिला अध्यक्ष वा प्रमुख पदमा उम्मेदवार


65
Shares

काठमाडौं । यही बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि सर्लाहीबाट १४ महिलाले अध्यक्ष वा प्रमुख पदमा उम्मेदवारी दिएका छन् ।

मुलुककै सबैभन्दा बढी २० स्थानीय तह रहेको जिल्लामा विभिन्न राजनीतिक दलबाट आठ र ६ स्वतन्त्र गरी १४ महिलाले अध्यक्ष वा प्रमुख पदमा उम्मेदवारी दिएका हुन् ।

नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्र, जनमत पार्टी, राप्रपा, राष्ट्रिय सद्भावना पार्टी र नेपाल सद्भावना पार्टीले स्थानीय तहका अध्यक्ष वा प्रमुख पदमा महिलालाई उम्मेदवार बनाएको छ ।

नेकपा एमालेबाट तीन तथा नेपाली कांग्रेस, माओवादी केन्द्र, जनमत पार्टी, राप्रपा, राष्ट्रिय सद्भावना पार्टी र नेपाल सद्भावना पार्टीबाट एक–एक महिलालाई पालिकाको अध्यक्ष वा प्रमुख पदमा उम्मेदवार बनाएको हो ।