२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


प्रतिगामीको पक्षमा मतदान गरे पछुताउनुपर्ने अवस्था आउँछ : अध्यक्ष नेपाल


234
Shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सत्तारुढ गठबन्धनलाई स्थानीय तहको निर्वाचनमा विजयी गराउनुको विकल्प नरहेको दाबी गर्नुभएको छ ।

अध्यक्ष नेपालले केपी ओली नेतृत्वको गठबन्धनलाई प्रतिगामीको संज्ञा दिँदै त्यसैको पक्षमा मतदान गरे मुलुक र जनताले पछुताउनुपर्ने अवस्था आउने जिकीर गर्नुभयो ।

सत्तारुढ गठबन्धनले शुक्रबार काठमाडौंमा आयोजना गरेको चुनावी सभामा बोल्दै उहाँले मुलुकको भविष्यलाई सुनिश्चित गर्न, परिवर्तनको यात्रामा जान र अहिलेसम्म प्राप्तभएका उपलब्धि जोगाउनका लागि सत्तारुढ पाँचदलीय गठबन्धनको अर्को विकल्प नभएको बताउनुभयो ।

प्रतिगामी कित्तामा उभिएका केपी ओलीको पक्षमा मत खसालियो भने पछुताउनु पर्ने र भावी सन्तानहरुले पनि दुःख भोग्नु उहाँले बताउनुभयो । ओली नेतृत्वको गठबन्धनले संविधान विरोधी काम गरेको, दुई तिहाइ बहुमतको सरकारलाई आफैले धुजाधुजा पार्ने काम गरेको तथा जनमतको अनादर गर्ने काम गरेको अध्यक्ष नेपालको आरोप लगाउनुभयो ।

उहाँले ओलीले हास्यास्पद कामहरु एकैचोटी एकैठाउँमा बसेर ५७३ वटै पालिकाका जतिपनि अस्पतालहरु शिलान्यास गर्ने, विभिन्न परियोजनाहरु सम्पन्न हुनु पाँच वर्ष अघि नै उद्घाटन गर्ने जस्ता गतिविधि गरेको भन्दै आक्रोश व्यक्त गर्नुभयो ।

अध्यक्ष नेपालले मुलुकलाई भ्रष्टाचारमुक्त बनाउन, नयाँ मोडलका साथ मुलुकको विकास गर्ने उद्देश्यका साथ सत्तारुढ दलहरुले स्थानीय तह निर्वाचनमा पनि गठबन्धन गर्नु परेको तर्क गर्नुभयो ।