
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले मेयरका उम्मेदवारद्धय रेणु दाहाल र सृजना सिंहलाई अवमूल्यन गर्ने काम गरिएको भन्दै आक्रोश व्यक्त गर्नुभएको छ ।
अध्यक्ष दाहालले रेनुलाई आफ्नी छोरीको रुपमा र सिर्जनालाई प्रकाशमान सिंहको श्रीमतीको रुपमा प्रचार गरेर केही मानिसहरुले उनीहरुको अवमूल्यन गर्ने काम गरिरहेको बताउनुभएको हो ।
सत्तारुढ गठबन्धनले शुक्रबार काठमाडौंमा आयोजना गरेको चुनावी सभामा बोल्दै उहाँले छोरी रेणुप्रति संकेत गर्दै जहाँजहाँ महिलाहरुले नेतृत्व लिएर काम गरे, त्यहाँ राम्रो काम भएको दाबी गर्नु भयो । अध्यक्ष दाहालले महिला उम्मेदवारहरुमाथि विश्वास गर्ने र उनीहरुको योग्यतालाई सम्मान गरेर अघि बढनु मुलुककै आवश्यक्ता भएको जिकीर गर्नुभयो ।
उहाँले पुरुषहरुले राज गरेर धेरै लछारपाटो नलगाएको उल्लेख गर्दै अव महिलाहरुलाई त्यो अवसर दिनुपर्ने निष्कर्षमा आफू पुगेको पनि स्पष्ट पार्नुुभयो ।
अध्यक्ष दाहालले संविधान कार्यान्वयनको दृष्टिकोणले पनि, परिवर्तनलाई संस्थागत गर्ने दृष्टिकोणले पनि र नेपाली जनतामा परिवर्तनको अनुभूति गराउन पनि महिलाहरुलाई विशेष रुपले अघि बढाउनुपर्ने तर्क गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्