
धनकुटा । स्थानीय तह निर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालय धनकुटाले मतदानका लागि आवश्यक सामग्री मतदान केन्द्रमा पठाउने तयारी गरेको छ ।
मतपेटिका, मतदाता नामावली, मसी, विभिन्न प्रकारका अनुसूचीहरू लगायत मतदानका लागि आवश्यक ५८ प्रकारका सामग्री केन्द्रमा पठाउन तयार पारिएको हो ।
धनकुटाका १ सय १८ मतदानस्थलका १ सय ५९ मतदान केन्द्रका लागि आवश्यक सबै निर्वाचन सामग्री तयारी अवस्थामा राखिएको छ ।
मतदान अधिकृत र सहायक कर्मचारीलाई तालिम दिएपछि यी समाग्री उनीहरूको जिम्मा लगाइने निर्वाचन कार्यालय धनकुटाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्