
काठमाडौं । स्वास्थ्य मन्त्रालयले निर्वाचन केन्द्रमा कोरोनाविरुद्धको खोप अभियान चलाउने निर्णय हालसम्म नभएको स्पष्ट पारेको छ ।
विभिन्न सञ्चारमाध्यममा कोरोनाबिरुद्धको खोप अभियान स्थानीय तहको निर्वाचन हुने दिन मतदान केन्द्रमा चलाउने भन्ने समाचार प्रकाशित भएपछि स्पष्ट गर्दै यसबारे कुनै निर्णय नभएको जनाएको हो ।
मत हाल्ने दिन सबैको ध्यान मतदानमा हुने भएकोले त्यो खोप सम्भव नदेखिएको मन्त्रालयको भनाई छ । मतदान केन्द्रमा खोप लगाउने व्यवस्थाका लागि धेरै व्यवस्थापन गर्नुपर्ने भएकोले त्यो सम्भव नदेखिएको मन्त्रालयले जनाएको छ ।
सहप्रवक्ता अधिकारीले सरकारको अहिलेको लक्ष्य मतदान भन्दा पछिका दिनमा पनि खोप लगाउनु पर्ने व्यक्ति विशेषत एकमात्रा पनि खोप नलगाएका व्यक्तिहरु, दोस्रो मात्रा लगाउनुपर्ने बेला भएकाहरु र तेस्रो मात्रा लगाउने बेला भएका व्यक्तिहरुलाई क्रमशः प्राथमिकतामा राखेर सबैलाई चाँडै खोपको दायरामा ल्याउने रहेको अधिकारीले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्